८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

एमालेलाई थप सशक्त बनाउन ओलीको जोड, कार्यकर्तालाई जनतामाझ सक्रिय हुन आह्वान



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई थप सुदृढ, संगठित र प्रभावकारी बनाउन कार्यकर्ताहरू एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुपर्ने बताएका छन्।

एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संगठन सुदृढीकरण, निर्वाचनको समीक्षा तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राखेका हुन्।

उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी संगठनलाई अझ मजबुत बनाउँदै जनतासँगको सम्बन्धलाई थप सघन बनाउन आवश्यक रहेको उल्लेख गरे। साथै, पार्टीका सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध भएर जनमुखी गतिविधिमा केन्द्रित हुन आग्रह गरे।

बैठकमा निर्वाचन परिणामको समीक्षा, संगठन पुनर्गठन तथा पार्टीको भावी कार्ययोजनाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिए।

कार्यदलले आगामी दिनमा पार्टी संगठनलाई थप चलायमान र प्रभावकारी बनाउने विषयमा सुझाव संकलन तथा आवश्यक रणनीति तय गर्ने जनाएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ४ : ०७ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत