२४ भदौ २०८३, बुधबार | September 9, 2026

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार



काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको पुनर्नियुक्तिप्रति व्यङ्ग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको ‘जान्नेलाई छान्ने’ नारामाथि कडा टिप्पणी गरेका छन्।

गुरुङ पुनः गृहमन्त्री नियुक्त भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले ‘जान्नेलाई छान्ने’ अभियान नै भ्रष्ट भएको टिप्पणी गरेका हुन्।

उनले आफ्नो स्टाटसमा देशविरुद्धका गतिविधिलाई सामान्य ठान्ने, राज्यविरुद्धका विध्वंसात्मक अपराधलाई बहादुरीका रूपमा प्रस्तुत गर्ने, स्वार्थमा आधारित ‘सेटिङ’लाई विधि बनाउने, अर्थ विधेयकजस्तो संवेदनशील दस्तावेजमा गैरकानुनी छेडछाड गर्ने, अवैध धनको स्रोतलाई प्रणालीको कमजोरीका रूपमा व्याख्या गर्ने तथा आफ्ना पक्षधरलाई उन्मुक्ति दिने प्रवृत्तिको आलोचना गरेका छन्।

पोखरेलले यस्ता गतिविधिलाई योग्यता नभई पाखण्डको संज्ञा दिँदै यसले स्वेच्छाचारिता, पक्षपात र भ्रष्टाचारलाई संस्थागत गर्ने दाबी गरेका छन्।

उनले सुशासन र तीव्र विकासका लागि विगतका कमजोरी सुधार्न आवश्यक भए पनि त्यसका नाममा नयाँ विकृति र अनियमिततालाई स्वीकार गर्न नसकिने उल्लेख गरेका छन्।

 

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  १२ : ४२ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको