२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

विभिन्न पाँच समितिको बैठक बस्दै



काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक आज अलग अलग बस्दैछन् । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र लेखा समितिको बैठक बस्न लागेको हो ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने प्रस्तावित कार्यसूची रहेको अर्थ समितिको बैठक मध्याह्न १ः०० वजे बस्नेछ भने दिउँसो २ः०० बजेका लागि बस्न लागेको लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा साइबर सुरक्षा तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदन तथा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ उपर सैद्धान्तिक र दफावार छलफल हुने छ ।

यसैगरी, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन ) विधेयक २०८१ माथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ । ती समितिको बैठक बिहान ११ः०० बजे बस्नेछन् ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १० : ५१ बजे

घोप्टेभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

बाजुरा । उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक

ट्र्याक्टरले ठक्कर दिँदा नवलपुरमा प्रहरी जवानको मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले

हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नको जवाफ देऊ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गिरफ्तारीको हल्ला चलाएर

बुटवलमा ६ करोड लगानीको ड्याडिज केक प्रिमियम बेकरी सञ्चालन

बुटवल । नेपाली बेकरी तथा खाद्य उद्योगमा गुणस्तर, आधुनिक प्रविधि