२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

अदालतको आदेशपछि श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरमा लगिएको पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिएका छन्।

श्रेष्ठलाई यसअघि पक्राउ गरी हिरासतमा राखिएको थियो। अनुसन्धानका लागि थप समय आवश्यक परेको भन्दै प्रहरीले अदालतसमक्ष म्याद थपको माग गरेको थियो।

यसैबीच, श्रेष्ठको परिवारले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएको छ।

परिवारले गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै तत्काल अदालतमा उपस्थित गराई रिहा गर्न माग गरेको हो।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ८ : ०३ बजे

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी