१ भदौ २०८३, सोमबार | August 17, 2026

बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात जनाको मृत्यु



काठमाडौं । भारतको बिहारस्थित लखीसराय जिल्लाको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भागदौड हुँदा कम्तीमा सात जना महिलाको मृत्यु भएको छ।

घटनामा केही श्रद्धालु घाइते भएका छन्। प्रारम्भिक विवरणअनुसार घाइतेहरूलाई लखीसराय सदर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

लखीसरायका सब–डिभिजनल प्रहरी अधिकारी (एसडीपीओ) शिवम कुमारले सोमबार बिहान मन्दिरमा घटना भएको र हालसम्म सात जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार घटनामा ५–६ जना घाइते भएका थिए।

लखीसरायका जिल्ला अधिकारी शैलेन्द्र कुमार घाइतेलाई भेट्न सदर अस्पताल पुगेका थिए। उनले पत्रकारहरूसँग कुरा गर्दै मृतक सबै महिला रहेको जानकारी दिएका छन्।

जिल्ला अधिकारीका अनुसार अशोकधाम हल्ट रेलवे स्टेसनदेखि मन्दिरसम्म श्रद्धालुको लामो लाइन लागेको थियो। सोही समयमा स्टेसनमा दुईवटा रेलसमेत आइपुगेपछि मन्दिरतर्फ जाने श्रद्धालुको भीड अचानक बढेको थियो।

यसैबीच विद्युत्को पोल खसेको भन्ने हल्ला फैलिएको थियो। वास्तवमा विद्युत्को तार मात्र चुँडिएको बताइएको छ। हल्लापछि महिलातर्फको लाइनमा भीडको दबाब बढ्दा श्रद्धालुहरू एकपछि अर्को गर्दै लड्न थालेपछि भागदौडको अवस्था सिर्जना भएको अधिकारीहरूले बताएका छन्।

एक प्रत्यक्षदर्शी महिलाले समाचार एजेन्सी पीटीआईसँग आफूहरू लाममा उभिएको बेला अचानक भीडमा दबाब बढेको र करिब २०–२५ जना महिला एक–अर्कामाथि खसेको बताएकी छन्। भीडमुनि दबिएर धेरै महिला बेहोस भएको र आफू पनि केही समय बेहोस भएको उनको भनाइ छ।

घटनापछि प्रहरी तथा प्रशासनका अधिकारीहरू तत्काल घटनास्थल पुगेका थिए। उद्धार तथा राहत कार्य अघि बढाउनुका साथै मन्दिर क्षेत्रमा भीड नियन्त्रण गर्ने प्रयास भइरहेको छ। घाइतेहरूको उपचार तथा घटनाको अवस्थामाथि प्रशासनले निरन्तर निगरानी गरिरहेको जनाएको छ।

साउन महिनाको तेस्रो सोमबारका अवसरमा भगवान् शिवको जलाभिषेक गर्न ठूलो संख्यामा श्रद्धालु अशोकधाम मन्दिर पुगेका थिए। ठूलो भीडका कारण मन्दिर क्षेत्रमा व्यवस्थापन चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  १० : ०५ बजे

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय सुवेदी र ढकालको संयुक्त इजलासमा

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी

जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

काठमाडौं । नेपाल भाषा तथा नेपाली साहित्यका चर्चित स्रष्टा एवं

बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात जनाको मृत्यु

काठमाडौं । भारतको बिहारस्थित लखीसराय जिल्लाको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार

आजदेखि बिक्रेताबाटै ग्यास बिक्रीवितरण

काठमाडौं । नेपाल आयल निगमले आजदेखि ग्यास उद्योगले नियुक्त गरेका

भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली