१ भदौ २०८३, सोमबार | August 17, 2026

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक



कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार सोमबार बिहानदेखि महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चारपाङ्ग्रे सवारीसाधनमा सञ्चालनमा रोक लगाइएको हो । उनले बिहान ९ः०० बजेको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख १४ हजार क्युसेक पुगेको जानकारी दिए।

शारदा ब्यारेजमा भारतीय पक्षले पानीको बहाव एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाउँदै आएको छ ।

त्यसैगरी, जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत स्थानमा अत्यधिक वर्षा भइरहेको जनाएको छ । महाशाखाले महाकाली नदी र कञ्चनपुरका स–साना नदीहरुमा पानीको बहाव उलेख्य बढ्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  ११ : ०० बजे

किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप चार

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले

मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि