१ भदौ २०८३, सोमबार | August 17, 2026

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट



काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान सेनापति महारथी अशोकराज सिग्देलबीच भेटघाट भएको छ।

चार दिने नेपाल भ्रमणका लागि आएका भारतीय सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देल बीच  जङ्गी अड्डा, भद्रकालीमा शिष्टाचार भेटघाट भएको हो ।

भेटघाटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । भेटघाटअघि स्थल सेनाध्यक्ष सेठ सैनिक मञ्च टुँडिखेलमा माल्यार्पण गरेका थिए। त्यसपछि उनलाई जंगी अड्डामा गार्ड अफ अनर प्रदान गरिएको थियो।

सेठलाई सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल र भारतका सेनापतिलाई एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने प्रचलन छ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  १ : ४२ बजे

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत

सभापति रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ

संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान

आजपनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।