२० भदौ २०८३, शनिबार | September 5, 2026

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस



नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र् निर्माणमा ऐक्यबद्धता” भन्ने मुल नाराका साथ आज नेपालगन्जमा मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस २०८३ मनाइएको छ ।

माइती नेपाल, नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहाको संयोजनमा नेपाल–भारत सीमा, जमुनाहा बोर्डर नेपालगन्जमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध ब्यानर प्रदर्शन र समर्थन यात्रा ९क्यष्मिबचष्तथ च्बििथ० आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगमा जोड दिंदै प्रविधिको दुरुपयोगबाट हुन सक्ने मानव बेचबिखन तथा ओसारपसारका जोखिमप्रति सचेत रहन सार्वजनिक आग्रह गरिएको थियो । सो अवसरमा “विपद्को समयमा मानव बेचबिखन तथा ओसारपसार हुनबाट रोकौँ, निरन्तर खबरदारी गरौँ” भन्ने सन्देशसमेत प्रवाह गरिएको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले जानकारी दिए ।

कार्यक्रमले सीमा क्षेत्रमा मानव बेचबिखन विरुद्ध चेतना अभिवृद्धि गर्न, प्रविधिको सही प्रयोग प्रवद्र्धन गर्न र विपद्को समयमा हुन सक्ने बेचबिखनको जोखिम न्यूनीकरण गर्न समुदाय, सुरक्षानिकाय तथा सरोकारवालाको साझा प्रतिबद्धता र सहकार्यलाई थप सुदृढ बनाएको उनले बताए ।

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  ९ : ५८ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा