२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी



काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार भएको बताएको छ ।

प्रहरी प्रवक्ता, अविनारायण काफ्लेले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा खटिएका सुरक्षाकर्मीका विरुद्ध भ्रामक प्रचार भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

“सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई लक्षित गरी आर्मी–पुलिसले राहत सामग्री आफूहरूले लिएको, वितरण नगरेको र सडिगली गएको भन्ने आशयको भ्रमपूर्ण तथा तथ्यहीन अफवाह फैलाइएको विषयप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

विपद्को समयमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने र आम नागरिकमा अविश्वास पैदा गर्ने गरी यस्ता कपोलकल्पित आरोप लगाउनु दुःखद र गैरजिम्मेवारपूर्ण कार्य भएको प्रहरी प्रवक्ता काफ्लेले बताए ।

“यस्तो संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचना प्रचार–प्रसार नगर्न हार्दिक अनुरोध गर्दछौँ,” प्रवक्ता काफ्लेले भने । प्रहरीले विपद्को समयमा नागरिकको जीवन रक्षा, खोज तथा उद्धार र मानवीय सेवामा आफूहरू सदैव प्रतिबद्ध रहेको बताएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ११ : ०२ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी