९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

एसियाली खेलकुदः नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै



काठमाडौं । जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ । आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ ।

नेपालले महिला कबड्डीको समूह ‘बी’को खेलमा आज चिनियाँ खेलाडी ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न ४ः३० बजे सुरु हुनेछ । समूह चरणमा चिनियाँ ताइपेई, नेपाल, श्रीलङ्का र थाइल्यान्ड छन् । समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सन् २०१९ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा कास्यपदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि पदकको आशा गरिएको छ । नेपालले यसअघि समूहको पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरिसकेको छ ।

आज चिनियाँ ताइपेईलाई हराउनसके नेपालको सेमिफाइनल यात्रा थप सहज बन्नेछ । महिला कबड्डीसँगै आज नेपालका खेलाडीले पौडी, बक्सिङ, कराते, स्क्वास, टेबलटेनिस र उसुमा प्रतिस्पर्धा गर्ने तालिका छ ।

नेपालले जारी एसियाली खेलकुदमा अहिलेसम्म पदकको खाता खोल्न सकेको छैन । नेपालबाट प्रतियोगितामा २१ खेलमा १३५ जना खेलाडी सहभागी भएका राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ८ : ५२ बजे

आगामी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि अझै बढ्ने

काठमाडौँ । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले

बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज