३० कार्तिक २०८३, सोमबार | November 16, 2026

बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक जना बेपत्ता



बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो भने एक जना अझै बेपत्ता छन् ।

ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका-२ की ७९ वर्षीया नरमाया रोका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँका अनुसार पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् ।

अविरल वर्षापछि आएको बाढीपहिरो तथा अन्य विपद्का घटनामा परी जिल्लामा मृत्यु हुनेको संख्या १२ पुगेको प्रहरीले जनाएको छ । विपद्का घटनामा परी एक जना अझै बेपत्ता छन् ।

शनिबार ताराखोला गाउँपालिकामै एक जनाको मृत्यु भएको थियो । त्यस्तै, आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका थिए । सोही दिन निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा बाढीपहिरोको जोखिम बढेको छ । प्रहरीले जोखिमयुक्त क्षेत्रमा सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ७ : २४ बजे

Your email address will not be published.

एनपिएल : बलिङमा नेपाली खेलाडीको दबदबा, ब्याटिङमा विदेशी अगाडि

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटको लिग

कोप-३१ को पहिलो साता : हिमाली मुद्दामा सकारात्मक उपलब्धि

अन्ताल्या । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) को पहिलो

क्रसबोर्डर हवाई उडान र बाँकेमा सुख्खा बन्दरगाहा स्थापनालाई भारत भ्रमणको एजेण्डा बनाउन माग

नेपालगन्ज । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको पूर्व सन्ध्यामा

सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन

विश्वका १०५ गभर्नरको रिपोर्ट कार्ड सार्वजनिक, नेपालका गभर्नर विश्वनाथ पौडेलले पाए ‘बी’ ग्रेड

काठमाडौ । विश्वका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय