१७ आश्विन २०८३, शनिबार | October 3, 2026

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई



बुटवल । बुटवलमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

शनिबार बुटवलमा भएको फाइनल खेलमा पुलिस क्लबले सभापोखरी भलिबल क्लब, संखुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । भारतीय खेलाडीसमेत सम्मिलित सभापोखरीविरुद्ध पुलिसले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

प्रतियोगिताको लिग चरणदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएको सभापोखरी फाइनलमा भने पुलिसविरुद्ध दबाबमा परेको थियो । पुलिसले तीनवटै सेटमा आफ्नो पकड कायम राख्दै सहज जित निकाल्यो ।

उपाधिसँगै नेपाल पुलिस क्लबले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता सभापोखरी भलिबल क्लबले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

यसैगरी विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब तेस्रो भएको छ । तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा एपीएफले खैरा भलिबल क्लब, पन्जाबलाई ३–१ को सेटमा पराजित गरेको हो ।

एपीएफले खैरालाई १८–२५, २५–१९, २५–१३ र २५–११ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । तेस्रो भएको एपीएफले एक लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्दा चौथो भएको खैरा भलिबल क्लबले सान्त्वना पुरस्कारस्वरूप ७५ हजार रुपैयाँ पाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका पहल गहतराज घोषित भए । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विधागततर्फ एपीएफका सरोज बर्देवा उत्कृष्ट स्पाइकर, नेपाल पुलिस क्लबका बलराम गुरुङ उत्कृष्ट सेटर, पुलिसकै रेशम छन्त्याल उत्कृष्ट सर्भर, सभापोखरीका सिभानसेन भी उत्कृष्ट ब्लकर, सभापोखरीकै सन्तोष राई उत्कृष्ट डिफेन्डर र नेपाल पुलिस क्लबका चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फ उत्कृष्ट घोषित सबैले जनही आठ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री रामजी घिमिरे, पूर्वमन्त्री एवं नेकपा एमालेका छविलाल विश्वकर्मा, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ र विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल तथा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे ।

असोज १२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालका चार र भारतका तीन गरी सात टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ७ : ४९ बजे

जितिया पर्वको दिन पोखरीमा नुहाउँदा दुई किशोरीको ज्यान गयो

कलैया । जितिया पर्वका अवसरमा पोखरीमा नुहाउन गएका बाराका दुई

एमालेसँगको प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक प्रचण्डको आह्वान

बनेपा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालद्वारा औषधि खरिदका लागि बोलपत्र आह्वान

खजुरा । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराले आर्थिक वर्ष

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई

बुटवल । बुटवलमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय

बुटवलमा २ करोड लगानीमा १८ डी मुभी थिएटर र मिरर मेज सञ्चालन हुँदै

बुटवल । बुटवलमा चार जना युवाको करिब २ करोड रुपैयाँ