१९ आश्विन २०८३, सोमबार | October 5, 2026

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै भएको छ । केही दिनदेखि सेयर बजारमा गएको पहिरो थामिएको छैन । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.२३ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंक घटेको छ।

१३ मध्ये एक उपसमूहको परिसूचक मात्र बढेको छ । व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक १.१० प्रतिशत घटेको छ। होटल तथा पर्यटन, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। शुक्रबार चार अर्ब २९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५९ स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा तीन अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

सोमबार घलेम्दी हाइड्रो कम्पनीको  २२ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। हाथवे इन्भेष्टमेन्टको आठ करोड ४९ लाख रुपैयाँ र शिवम सिमेन्ट्सको कारोबार रकम ८ करोड ४३ लाख रुपैयाँ नाघेको छ।

आज शीर्ष १० स्टकहरुमा अधिकांश ऋणपत्र रहेका छन्। १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य ५.७५ प्रतिशत, १० प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आइएमई समुन्नत योजना २ को मूल्य करिब ५ प्रतिशत बढेको छ।    

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ४ : ४१ बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २६ मा मतदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित