२८ आश्विन २०८३, बुधबार | October 14, 2026

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी, जनजाति क्लस्टरमा कसले कति मत पाए ?



काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा बहादुरसिंह लामा विजयी भएका छन्। आदिवासी जनजाति क्लस्टरबाट उम्मेदवारी दिएका लामाले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै सहमहामन्त्री पदमा जित हासिल गरेका हुन्।

निर्वाचन परिणामअनुसार लामाले ३ हजार २४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाए। त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।

आदिवासी जनजाति क्लस्टरअन्तर्गत महिला र खुला समूहबाट पनि विभिन्न उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार जनजाति महिलातर्फ ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा आठ जना निर्वाचित भएका छन्। खुलातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।

जनजाति महिलातर्फ निर्वाचित उम्मेदवार

जनजाति महिलातर्फ सबैभन्दा बढी मत गीता गुरुङले प्राप्त गरेकी छन्। उनले २ हजार ८५९ मत ल्याएकी छन्।

निर्वाचित अन्य उम्मेदवारमा डा। गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बूले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरेका छन्।

खुलातर्फ १२ जना निर्वाचित

आदिवासी जनजाति क्लस्टरको खुलातर्फ तीर्थ लामा सर्वाधिक मतसहित निर्वाचित भएका छन्। उनले ४ हजार ४२५ मत प्राप्त गरेका छन्।

निर्वाचन समितिका अनुसार खुलातर्फ निर्वाचित अन्य उम्मेदवारमा ई। अनुप श्रेष्ठले २ हजार ५५१, डा। प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरेका छन्।

कांग्रेसको सहमहामन्त्रीसहित आदिवासी जनजाति क्लस्टरका विभिन्न पदको निर्वाचन परिणाम सार्वजनिक भएसँगै निर्वाचित उम्मेदवारहरू पार्टीको नेतृत्व तहमा पुगेका छन्।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ११ : ३१ बजे

दाङको घोराहीबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित २ जना पक्राउ

दाङ । प्रहरीले दाङको घोराहीबाट ठुलो परिणामको लागु औषध ब्राउनसुगर

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो

कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा कुटपिट हुँदा एक १८

सुन २ हजार ७ सय र चाँदी एक सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ।

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

रसुवा । रसुवाको पर्यटन क्षेत्रले पुनःजीवन पाएको छ । बेत्रावतीस्थित