३१ आश्विन २०८३, शनिबार | October 17, 2026

देशैभरका इलाका प्रहरी कार्यालयमा बाँके खजुराको इप्रका सर्वोत्कृष्ट

जिल्ला प्रहरीमा जिप्रका रुपन्देही सर्वोत्कृष्ट




नेपालगन्ज । बाँकेको खजुरा स्थित इलाका प्रहरी कार्यालय धनौली, देशैभरका इलाका प्रहरी कार्यालयहरुमा सर्वोत्कृष्ट भएको छ। नेपाल प्रहरीको कार्यदक्षता मूल्यांकन (पुलिस ब्याटन), २०८३ मा बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौली देशभरमै प्रथम स्थान हासिल गर्दै सर्वोत्कृष्ट कार्यालय घोषित भएको ह

नेपाल प्रहरीको ७१औं प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय धनौली, खजुराका प्रमुख प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईं सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालय प्रमुखका रूपमा सम्मानित भएका छन् । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी निरीक्षक चापागाईंलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

देशभर प्रहरी नायब उपरीक्षक तथा प्रहरी निरीक्षक कार्यालय प्रमुख रहेका इलाका प्रहरी कार्यालय, प्रहरी वृत्त, वडा प्रहरी कार्यालय र प्रहरी प्रभागहरूमध्येबाट गरिएको कार्यदक्षता मूल्यांकनमा इलाका प्रहरी कार्यालय धनौली सर्वोत्कृष्ट भएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर प्रहरी निरीक्षक चापागाईंले प्रदर्शन गरेको पेसागत व्यावसायिकता, निष्ठा, मातहतका प्रहरी कर्मचारी तथा कार्यालयको परिचालन र कार्यकुशलतालगायत समग्र कार्यसम्पादनको मूल्यांकनका आधारमा उनलाई सर्वोत्कृष्ट कार्यालय प्रमुखका रूपमा छनोट गरिएको हो ।

चापागाईले धनौली सरुवा भएकै दिनदेखि धनौली अन्तर्गतका ग्रामिण वस्तीमा लागुऔषध विरुद्धको अभियान चलाउँदै आएका छन् । लागुऔषधको बेचबिखन विरुद्ध निर्मम अप्रेशन चलाउँदै उनले लागुऔषको प्रयोगकर्ताको पहिचान गरि घरघरमा पुगेर प्रयोगकर्ता र अभिभावकहरुलाई परामर्श दिने अभियान थालेका छन् । सामाजिक सदभाव कायम गराउँदै गौहत्या, चोरी, डकैटी जस्ता अपराधजन्य घटना न्यनिकरणका लागि प्रहरी निरीक्षक चापागाईँले स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवा, शिक्षक तथा नागरिक अगुवाहरुसँग समन्वय गरेर कार्यसम्पादन गर्दै आएका छन् ।

जिल्ला प्रहरीमा जिप्रका रुपन्देही सर्वोत्कृष्ट
जिल्ला प्रहरी कार्यालयहरुको कार्यसम्पादनमा भने जिल्ला प्रहरी कार्यालय रुपन्देही मुलुकमै उत्कृष्ट बनेको छ । कार्यसम्पादन, कानुन कार्यान्वयन र अवैध गतिविधि नियन्त्रणमा नेपाल प्रहरीको कार्यसम्पादन मूल्यांकन (पुलिस ब्याटन) २०८३ मा जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रथम भएको हो ।

७१औं प्रहरी दिवसका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीलाई प्रशंसापत्र प्रदान गरेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  १० : ०० बजे

रेमिट्यान्सलाई सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक र युनाईटेड रेमिटबीच सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने

देशैभरका इलाका प्रहरी कार्यालयमा बाँके खजुराको इप्रका सर्वोत्कृष्ट

नेपालगन्ज । बाँकेको खजुरा स्थित इलाका प्रहरी कार्यालय धनौली, देशैभरका

बागेश्वरी मन्दिरमा धुमधामका साथ फूलपाती भित्राइयो

नेपालगन्ज । हिन्दु धर्मावलम्बीको ठूलो पर्व बडादशैंको सातौँ दिन शनिबार

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा