४ कार्तिक २०८३, बुधबार | October 21, 2026

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु



काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ ।

हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

विभागका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ६ : ५० बजे

जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो

काठमाडाैं। बडादसैँको पवित्र अवसरमा घरघरमा जमरा राख्ने र विजया दशमीको

यातायात सहजतासँगै लाङटाङमा पर्यटक बढे

रसुवा । यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौं । जीवित देवी कुमारीलाई काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

विजयादशमीको अवसरमा प्रधानमन्त्री बालेन्द्रको सन्देश – भ्रष्टाचार र कुशासन ‘आसुरी प्रवृत्ति’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र

नेपाल प्रहरीले आज काठमाडौं उपत्यकाका यी रुटमा चलाउदै छ निःशुल्क बस

काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले आज पनि काठमाडौं उपत्यकामा