काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि आज भारत जाने भएका छन् ।
लामिछाने धनगढी हुँदै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ ।
तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जनाएको छ ।



















प्रतिक्रिया