काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्समाथि रोमाञ्चक जित निकाल्दै दोस्रो जित हात पारेको छ । बिहीबारको दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो।
विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले एक बल बाँकी छँदा पूरा गर्यो । विराटनगरले भने एनपीएलमा लगातार दोस्रो हार व्यहोरेको हो। विराटनगर पहिलो खेलमा चितवनसँग ८ रनले पराजित भएको थियो।
कर्णालीका लागि कप्तान सोमपाल कामीले अर्धशतक पूरा गरे । उनी ३२ बलमा ६२ रन अविजित रहे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । उनले सातौं विकेटका लागि गुल्सन झासँग ६४ रनको अविजित साझेदारी गरे । गुल्सन २१ बलमा २८ रन बनाएर नटआउट रहे ।
















प्रतिक्रिया