१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्ध अर्को भ्रष्टाचार मुद्दा



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेश गरेको छ ।

सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज)को हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका नाममा बिक्री गरेको प्रकरणमा अख्तियारले मंगलबार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालसहितका व्यक्तिलाई प्रतिवादी बनाएर आरोपपत्र पेस गरेको हो ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ सालमा कम्पनीको नाममा सुनसरी र मोरङमा रहेको ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न अनुमति दिएको थियो । उक्त निर्णयका आधारमा इटहरीबाट विराटनगर जाने मुख्य सडकसँग जोडिएको जग्गा बिक्री गरी दुर्गम क्षेत्रमा जग्गा सट्टापट्टा गरिएको आरोप अख्तियारले लगाएको छ ।

मन्त्रिपरिषद्को उक्त निर्णयमा सामाजिक समितिका सदस्यसमेत जिम्मेवार देखिएको भन्दै तत्कालीन समितिमा रहेका मीनेन्द्र रिजाललाई पनि प्रतिवादी बनाइएको अख्तियार स्रोतले जनाएको छ । यस प्रकरणमा मालपोत कार्यालयका कर्मचारीसहित अन्य व्यक्तिलाई समेत प्रतिवादी बनाइएको छ ।

यसैबीच, विराटनगर क्षेत्रको सार्वजनिक जग्गा मन्त्रिपरिषद्को निर्णयबाट छुट दर्ता गराएको अर्को प्रकरणमा पनि पूर्वप्रधानमन्त्री नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस गरेको छ । सार्वजनिक जग्गा छुट दर्ता गराउने निर्णय प्रक्रियामा कैफियत देखिएको अख्तियारको दाबी छ ।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले माधवकुमार नेपालसहितका प्रतिवादीविरुद्ध अख्तियारबाट आरोपपत्र प्राप्त भएको पुष्टि गर्दै हाल रुजु गर्ने काम भइरहेको जानकारी दिइन् ।

यसअघि पनि पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री तथा सट्टापट्टाका लागि अनुमति दिएको आरोपमा दायर उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

यससँगै पूर्वप्रधानमन्त्री नेपालविरुद्ध सार्वजनिक जग्गा र हदबन्दीभन्दा बढी जग्गासम्बन्धी विभिन्न प्रकरणमा भ्रष्टाचार मुद्दा अघि बढेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १ : ३५ बजे

हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज

समाजलाई अति दलीयकरणबाट मुक्त गरौँ : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र

उमा भुजेल नेतृत्वको नेकपा नेपाली कम्युनिष्ट पार्टीमा समाहित

काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेतृत्वको

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु

नेपालगन्ज । भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा निद्रासम्बन्धी विभिन्न जटिल

कार्यभार सम्हाल्न नेपाल आइपुगे भारतका नवनियुक्त राजदूत दलेला

काठमाडौं । भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न काठमाडौं