१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

भारतीय विदेश सचिव मिश्रीले आज प्रधानमन्त्री बालेन्द्रसँग भेट्दै



काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्दैछन् । भेटघाट सकेर उनी आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीका सिलसिलामा मिश्री हिजो बिहान काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तैदेखि उनी भेटघाटमा व्यस्त भएका थिए ।

उनले हिजै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग अलग-अलग भेटवार्ता गरेका थिए ।

आज प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटका लागि समय उपलब्ध नगराउँदा निर्धारित भ्रमणसमेत मिश्रीले स्थगित गरेको समाचार सार्वजनिक भएको थियो । त्यसैले अहिलेको उनको भेटघाटलाई चासोका साथ हेरिएको छ ।

नेपाल र भारतका अधिकारीहरूले मंसिर दोस्रो सातामा प्रधानमन्त्री बालेनको भारत भ्रमण हुने गरी तयारी गरिरहेको स्रोतले जनाएको छ । भ्रमणको तयारीकै क्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आएका थिए ।

गत कात्तिक ११ गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार भेटघाटका क्रममा नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिइसकेको जानकारी दिएका थिए ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति छिट्टै सार्वजनिक गर्ने तयारीमा छन् । भारतीय विदेश सचिव मिश्रीको भ्रमणपछि प्रधानमन्त्रीको भारत भ्रमणको मिति सार्वजनिक हुन सक्ने स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ७ : २८ बजे

भारतीय विदेश सचिव मिश्रीले आज प्रधानमन्त्री बालेन्द्रसँग भेट्दै

काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले

एनपीएलमा आज लुम्बिनी-जनकपुर र काठमाडौं-विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई

बैङ्किङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५१ लाख

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

‘चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्नुपर्ने’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत्