काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलमा लुम्बिनी अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ ।
लुम्बिनी ७ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने काठमाडौं गोर्खाज ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।
चार खेल खेलेको लुम्बिनीले तीन खेलमा जित निकालेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको छ । काठमाडौंले तीन खेल खेलेकोमा दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ ।

















प्रतिक्रिया