२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

भीमफेदी दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गरेका छन् ।

आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले छठपर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बनाएका छन् ।

अध्यक्ष ओलीले दुर्घटनामा परी दिवङ्गत हुनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ७ : ३२ बजे

सी चिनफिङको चेतावनी – ‘ताइवानको पृथकतावादी गतिविधिलाई कुनै छुट दिईंदैन

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले ताइवानलाई चीनमा पूर्ण एकीकरण

भीमफेदी दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी । पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको

एनपिएल : पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध