२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

एनपीएलमा आज चितवन-कर्णाली र काठमाडौं-पोखरा भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनअन्तर्गत आज आइतबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा चितवन जित निकाल्दै लिग चरणको सुखद अन्त्य गर्ने र तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ । कर्णाली भने प्रतियोगिताको अन्तिम खेल जित्दै सिजन टुंग्याउन चाहन्छ । कर्णाली यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ ।

शनिबार लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई चार विकेटले पराजित गर्दै ११ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफमा स्थान सुरक्षित गरेपछि कर्णालीको प्लेअफ सम्भावना समाप्त भएको थियो । हाल तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले ६ खेलबाट दुई जित र चार हारसहित चार अंक जोडेको छ ।

यता, चितवनले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ । तालिकाको चौथो स्थानमा रहेको चितवनले ६ खेलबाट तीन जित र दुई हारसहित सात अंक जोडेको छ ।

आजको दोस्रो खेलमा साँझ ५ बजे काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं जित निकाल्दै लिग चरणको अन्त्य दोस्रो स्थानमा रहेर गर्ने लक्ष्यमा हुनेछ । टोलीले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।

शनिबार लुम्बिनीले विराटनगरलाई पराजित गरेसँगै काठमाडौं पनि प्लेअफमा छनोट भएको थियो । हाल तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौंले ६ खेलबाट चार जित र दुई हारसहित आठ अंक जोडेको छ ।

पोखरा भने जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । टोली यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ । तालिकाको पुछारमा रहेको पोखराले ६ खेलबाट एक जित र पाँच हारसहित दुई अंक जोडेको छ ।

यसैबीच, शनिबार लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई चार विकेटले पराजित गर्दै ११ अंकसहित शीर्ष स्थानमा रहेर लिग चरणका खेल पूरा गरेको छ । योसँगै एनपीएलको तेस्रो सिजनमा प्लेअफ प्रवेश गर्ने चारवटै टोलीको टुंगो लागेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ८ : ०९ बजे

Your email address will not be published.

एनपीएल-३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट दोस्रो

एनपीएलमा आज चितवन-कर्णाली र काठमाडौं-पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनअन्तर्गत आज

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

काठमाडौँ । रुसमा सम्पन्न पाँचौँ ओपन वल्र्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली

पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

महोत्तरी । लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य