१ मंसिर २०८३, मंगलबार | November 17, 2026

माछापुच्छ्रे बैंक र ट्याप ट्याप सेन्टबीच रेमिट्यान्स सम्झौता



काठमाडौ । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक TapTap Send बीच विप्रेषण सेवा सञ्चालन गर्न सम्झौताभएसँगै विप्रेषण कारोबार औपचारिक रुपमा शुुरु भएको छ ।

यस सम्झौता सँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले TapTap Sendको मोबाइल एप प्रयोग गरी सहज रुपमा नेपालमा रकम पठाउन सक्नेछन् ।
यसरी प्रेषित गरिएको रकम माछापुच्छ्रे बैंककोे आफ्नै विप्रेषण सेवा MBL Remit मार्फत नगद भुक्तानीका साथै माछापुच्छ्रे बैंक लगायत नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत जम्मा गर्न सकिनेछ । नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सेवाग्राहीले सहज रुपमा नगद भुक्तानी पनि प्राप्त गर्न सकिनेछ ।

यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्न र सेवाग्राहीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ८ : २४ बजे

Your email address will not be published.

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

पोखरा । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण

भारत भ्रमणमा नेपालगन्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाह निर्माणलाई एजेण्डामा समावेश गर्न माग

नेपालगन्ज । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन

नेपालगन्जमा कर सप्ताह सुरु

नेपालगन्ज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर

माछापुच्छ्रे बैंक र ट्याप ट्याप सेन्टबीच रेमिट्यान्स सम्झौता

काठमाडौ । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा