३ मंसिर २०८३, बिहिबार | November 19, 2026

सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग



काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड पाँच लाख सहयोग गरेको छ ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले आज उक्त रकम बराबरको चेक अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।

चेक हस्तान्तरणका अवसरमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्र पौडेल, अर्थ मन्त्रालयका सहसचिवहरू लगायतको उपस्थिति थियो ।

केन्द्रले उक्त सहयोग आफ्नै आम्दानीबाट जुटाएको जनाएको छ । बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

केन्द्रले पछिल्लो एक वर्षमा संस्थागत तथा आर्थिक सुधार गर्दै सवारी चालक अनुमतिपत्र र हुलाक टिकट छपाइलगायतका काममार्फत आफ्नो क्षमता विस्तार गरेको जनाएको छ । केन्द्रका अनुसार लामो समयदेखि बाँकी रहेको सवारी चालक अनुमतिपत्रको २७ लाख थान छपाइ छ महिनाभित्र सम्पन्न गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिएको छ ।

यसअघि सवारी चालक अनुमतिपत्र छपाइका लागि विदेशी मुद्रामा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था रहेकामा अहिले स्वदेशमै छपाइ हुन थालेपछि विदेशी मुद्रा बचत हुनाका साथै सुरक्षण मुद्रण क्षेत्रमा नेपालको क्षमता विकास भएको केन्द्रको भनाइ छ ।

केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आगामी दिनमा राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क टिकट, नागरिकता प्रमाणपत्रलगायतका उच्च सुरक्षणयुक्त कागजात पनि स्वदेशमै छपाइ गर्ने तयारी भइरहेको छ । अन्तःशुल्क टिकट छपाइका लागि आन्तरिक राजस्व विभागसँग आवश्यक कार्यढाँचा निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

राज्यका संवेदनशील कागजात स्वदेशमै छपाइ गर्दा तथ्याङ्क सुरक्षा र राष्ट्रिय सार्वभौमिकता सुदृढ हुनाका साथै विदेशी आपूर्तिकर्तामाथिको निर्भरता घट्ने ढुङ्गानाको भनाइ छ ।

सो अवसरमा अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री तिमिल्सिनाले केन्द्रको क्षमता विस्तार तथा आवश्यक पूर्वाधार विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १० : १० बजे

Your email address will not be published.

सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले

चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा

काठमाडौं । श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनको मद्दतमा चितवन

मालानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । डाविड मालानले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि चितवन

एमालेको राष्ट्रिय भेला सम्पन्न : २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित

काठमाडौँ । नेकपा (एमाले)को आज सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको