९ मंसिर २०८३, बुधबार | November 25, 2026

नेप्से ८.७० अंकले बढ्दा ६ अर्ब १५ करोडको कारोबार



काठमाडौं। साताको तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.७० अंक बढेर २६४७.६५ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स २.०७ अंक, फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ। १३ मध्ये १० उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। मंगलबार पाँच अर्ब ५५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रुपैयाँबराबरको एक करोड ६५ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

हिमालयन उर्जा विकास कम्पनीको ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। कुमारी बैंकको २२ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंकको करिब १८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

आज मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य १०।९८ प्रतिशत बढेको छ। हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य साढे ८ प्रतिशत र कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ३ : २८ बजे

Your email address will not be published.

हिमताल जोखिमबाट जोगाउन ४९.९४ मिलियन अमेरिकी डलरको ‘जिएलओएफ सञ्जिवनी परियोजना’

काठमाडौं । हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु

रिडी क्षेत्रमा अघि सारिएको ‘रुरु महास्नान’ को अवधारणा

गुल्मी । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा आगामी

नेप्से ८.७० अंकले बढ्दा ६ अर्ब १५ करोडको कारोबार

काठमाडौं। साताको तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजारमा हरियाली

निर्वाचन आयोगद्वारा कांग्रेस महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट चयन भएको

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता : पौडी प्रतियोगितामा भाग लिन हेलिकप्टर चार्टर

नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा जारी पौडी