१३ मंसिर २०८३, आइतबार | November 29, 2026

राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ ।

पार्टी सङ्गठनमा आबद्ध भएर सम्बन्धित वडा, नगर, क्षेत्र तथा केन्द्रमा रही सक्रिय राजनीतिमा सहभागी सदस्यको सदस्यता अद्यावधिक गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार, यही मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका सन्दर्भमा सदस्यता अद्यावधिक गरिएको हो । विगतमा उक्त दलको करिब डेढ लाख क्रियाशील सदस्य थिए ।

नेता श्रेष्ठका अनुसार, पार्टीको देशभरका क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । त्यस सिलसिलामा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीन महिलासहित नौ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ ।

पार्टीको केन्द्रीय महाधिवेशनका लागि ७६ जिल्ला अधिवेशन तथा पाँच प्रदेश अधिवेशन सम्पन्न गरिएको छ । विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन प्रतिनिधिका रूपमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । नेता श्रेष्ठका अनुसार, पालिका, प्रदेशसभा, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि भएका छन ।

सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवा कम्तीमा एक जनाको सहभागिता सुनिश्चित गरिएको पार्टी नेता केशव श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  १० : ५० बजे

Your email address will not be published.

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल

राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीका क्रियाशील सदस्य

नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द हुने

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दिउँसोको समयमा दैनिक पाँच घण्टा

उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना

कांग्रेसको ‘हामी तयार छौँ अभियान’ अन्तर्गत आज अभिमुखीकरण

काठमाडौं । नेपाली कांग्रेसले देशभरका ७५३ वटै पालिकामा सञ्चालन गर्ने