२७ भदौ २०८३, शनिबार | September 12, 2026

प्रचण्ड इमान्दार नबन्दा नेकपा विभाजन भएको हो : ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन हुनपुगेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको जिकिर गरेका हुन् ।

शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले बडो दुःखका सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामु अर्पण गर्दा आफूलाई दुःखित बनाएको गुनासो पनि गरे । पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निश्काशन गरे पनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीले दाबी गरे ।

अध्यक्ष ओलीले भने, ‘हामीले प्रचण्डलाई लखेटेको होईन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नुभएन । एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नुभएन । र, बेईमानपूर्ण ढंगले हट्नुभयो । एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दुरुपयोग गर्नुभयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निश्कासन गर्नुभयो । पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत हटाएर एकता, अनेकता के गरेको हो ? तपाईहरु आफै विचार गर्नुस । पार्टी अध्यक्षमाथि गम्भीर आरोपको पुलिन्दा बनाउनुभयो उहाँले । र, ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नुभयो उहाँहरुले । यो बडो दुःखद कुरा थियो ।’

ओलीले चरम सत्ताको दुरुपयोग गरेर स्थानीय तह निर्वाचनमा आफनो पार्टी केही पछि परे पनि आगामी दिनमा जित सुनिश्चित रहेको दावी गरे । पपुलर मत संख्यालाई हेर्ने हो भने अहिले पनि आफनो पार्टी नै मुलुकको पहिलो राजनीतिक शक्ति रहेको उनले दोहो¥याए । अध्यक्ष ओलीले समाजवादको यात्रा तय गर्ने विचार, संगठन र योजना आफनो पार्टीसँग मात्रै रहेको दाबी गरे ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : ३३ बजे

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई