२१ बैशाख २०८३, सोमबार | May 5, 2026

पार्टीलाई जिताउने उद्देश्यका साथ लाग्न नेता कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय भएर परिचालित हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

बागमती प्रदेश कमिटीले आयोजना गरेको तेस्रो पूर्ण बैठकमा आज अध्यक्ष नेपालले प्रत्येक वडा र पालिकासम्म पार्टीका जनवर्गीय सङ्गठनलाई विस्तार गर्न पनि आग्रह गरे । पहिलो काम कमिटी बनाउने, दोस्रो काम कमिटीलाई सक्रिय बनाउने, तेस्रो काम कमिटीका सदस्यलाई जनता माझमा व्यापक रुपमा परिचालन गर्न सक्रियतापूर्वक लाग्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेता कार्यकर्तालाई निर्देशन दिए ।

सङ्घ र प्रदेशसभाको निर्वाचनले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने भएकाले सोही अनुरुप लगनशील भएर आफ्नो पार्टीको प्रतिनिधित्व हुनेगरी लाग्न उनले आग्रह गरे ।

“निर्वाचनको समयमा टिकट पाउँछु कि पाउँदिन भन्ने विषयलाई ठूलो विषय नबनाउनुस्, राष्ट्रिय राजनीतिमा आफ्नो प्रतिनिधित्व कसरी बढीभन्दा बढी बनाउने भन्नेमा केन्द्रित हुनुस्, सानो चित्त होइन फराकिलो मन बनाएर लाग्नुस्”, उनले भने ।

बागमती प्रदेशका अध्यक्ष सावित्री भुसालले जिल्लाबाट प्राप्त भएको प्रतिवेदन पेस गर्ने, वर्तमान शक्ति सन्तुलन, पार्टी र सङ्गठनको अवस्था जस्ता विषय बैठकका ऐजेन्डा रहेको बताए ।

त्यसैगरी बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा, विगतमा प्राप्त गरेको उपलब्धि र कमजोरीका सँगै आगामी कार्यदिशाका बारेमा पनि छलफल हुने बताइएको छ । कार्यक्रममा १३ जिल्लाका नेता कार्यकर्ता सहभागी भएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : ०४ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,