२९ भदौ २०८३, सोमबार | September 15, 2026

राप्रपाका चार नेताले गरे पार्टी परित्याग, नेतृत्वको आलोचना



काठमाडौं । लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् ।

मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् ।

‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै अपमानित गर्ने दुष्प्रयास भयो। यो एउटा विधि, पद्धति र प्रणालीमा विश्वास गर्ने स्वाभिमानीका लागि स्वीकार्य हुन सक्ने विषय थिएन,’ विज्ञप्तिमा भनिएको छ।

उनीहरूले नेतृत्वलाई आफ्नो कार्यशैली सुधार गर्न दबाब दिँदै आएका थिए । खासगरी केही समययता उनीहरू राप्रपाले राजसंस्थाको एजेन्डा छाडेको असन्तुष्ट रहँदै आएका थिए । उनीहरूले देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक पार्टी निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख पनि गरेका छन् ।

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : २५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ