३० असार २०८३, मंगलबार | July 14, 2026

ओलीले भने – मंसिरमा हुने निर्वाचन सार्ने षड्यन्त्र हुँदैछ, यसलाई तलमाथि हुन दिनुहुँदैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन मंसिरमै हुनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजना भएको एमाले वागमती प्रदेशस्तरीय बृहद भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले विभिन्न बहानामा आगामी मंसिरमा हुनुपर्ने प्रतिनिधि सभा र प्रदेशकोको निर्वाचन सार्ने खतरा रहेको बताए । ओलीले निर्वाचन सार्ने षड्यन्त्रलाई असफल बनाइने दाबी पनि गरे । ‘आगामी मंसिरमा चुनाव गराउनुपर्छ। यसलाई तलमाथि हुन दिनु हुँदैनु’, ओलीले भने ।

ओलीले निर्वाचनपछि संघ र प्रदेशमा राष्ट्रवादी सरकार बन्नुपर्ने धारणा राखे । ‘राष्ट्रिय हितका लागि एमालेको सरकार गठन हुनुपर्छ’, ओलीले थपे, ‘आगामी निर्वाचनबाट एमालेको सरकार आउँछ ।’

ओलीले सरकार सञ्चालकहरु भ्रष्ट र अयोग्य सावित भएको आरोप समेत लगाए । देशको देशको अर्थतन्त्रलाई वर्वादीतर्फ धकेल्दै लगेको, समाजलाई तनावग्रस्त अवस्थातर्फ धकेलेर सरकारले अक्षम्य अपराध गरेको उनले जिकिर गरे । ओलीले देशको भविष्य नै के होला भन्ने अवस्था सिर्जना भएको टिप्पणी गर्दै भने ‘आफ्ना स्वार्थका पछाडि नकुद्ने व्यक्तिले सोच्यो भने मन थाम्न नसक्नेगरी ववर्वादीतर्फ देश जाँदैछ ।’

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : ३८ बजे

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले