४ पुस २०८२, शुक्रबार | December 19, 2025

गठबन्धन आउँदो चुनावसम्मै रहन्छ : माधव नेपाल



पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने बताएका छन् ।

पोखरामा पुष्पलाल स्मृतिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनमा आबद्ध सबै दल आगामी निर्वाचनसम्म निरन्तरता दिन तयार रहेको बताए ।

‘विगतका कुरालाई सुधार गरेर आगामी दिनमा नदोहोरिने गरी लाग्छौं । आगामी दिनमा नदोहोरियोस् भनेर माओवादीका नेताले भनिरहनुभएको छ । कसैले अन्य ढंगले कुरा गरिरहेका छन्,’ उनले भने, ‘नेपाली कांग्रेसले कतिको महसुस गर्छ, हेर्न बाँकी छ । गठबन्धन टुट्नेवाला छैन । आउने चुनावसम्म गठबन्धन कायम रहन्छ । यसको निम्ति आफ्नो तर्फबाट बहस गर्नुपर्छ ।’

उनले राम्रो ठाउँमा आफैँ लिएर उब्रेको ठाउँमा मात्रै दिने सोच कुनै पार्टीले गरे टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । ‘सबै सिट आफैँ लिउँला उब्रेको मात्रै दिउँला भनेर कुनै पार्टीले सोच्छ भने हामी टुलुटुलु हेरेर बस्नेवाला छैनौं,’ उनले भने, ‘आफ्नो शक्तिमा अडिएर अगाडी बढ्छौं । शक्ति बनाउने कुरामा आवश्यक समयमा भ्रम चिर्नुपर्छ ।’

नेपालले पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टी दक्षिणपन्थी रूपमा भासिएपछि विद्रोह गरेको सम्झँदै आफूले पनि अप्ठेरो परेपछि विद्रोह गरेको बताए । ‘हामीले २०७४ सालको चुनावमा कम्युनिस्ट पार्टीले निकै राम्रो स्थान हासिल गरेको थियो । त्यसपछि दुई तिहाइ बहुमत पाएको थियो । यसलाई उपयोग गरेको भए कम्युनिस्ट पार्टी अत्यन्तै लोकप्रिय हुने थियो,’ उनी भन्छन्, ‘अहिलेको स्थानीय निर्वाचनमा धेरै सिट जितेको हुन्थ्यो । तर त्यो सबै बिगारेको एमाले नेता केपी ओलीले हो ।’

ओलीले पार्टीमा छलफल बन्द गरेपछि विद्रोह गरेर नयाँ गठबन्धन बनाएको उनको भनाई छ । ‘जब पार्टीमा छलफल बन्द गर्नुभयो, आफूलाई केन्द्र विन्दुमा राख्नुभयो, म नै पार्टी हुँ भन्ने सोचेपछि अहंकार बढेपछि अस्तित्व रक्षाका लागि एमसीसी उहाँले ल्याउनुभयो । भारतलाई खुसी पार्न नेपालको छापिएको नक्सा रोक्नुभयो,’ नेपालले भने, ‘नेपाललाई भारत सहितका विभिन्न देशहरूको संयुक्त सैन्य अभ्यासमा सहभागी गराउन भूमिका खेल्नुभयो । त्यसका विरुद्ध हामीले जुध्नुपर्‍यो । उहाँलाई चित्त बुझेन, सांसदलाई भंग गर्नुभयो । त्यसपछि हामी सडकमा उत्रिनुपर्‍यो, आवाज उठाउनुपर्‍यो । माहौल हाम्रो पक्षमा आयो । एकताबद्ध भएको पार्टीलाई सर्वोच्चको आदेशमा अलगअलग बनायो । संविधान जोगाउन, प्रतिगमन रोक्न र संघीयताको खतरा रोक्नका लागि विद्रोह गर्नुपर्‍यो । ५ दलीय गठबन्धन बनाउनुपर्‍यो ।’

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : २० बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा