३० असार २०८३, मंगलबार | July 14, 2026

प्रधानन्यायाधीश महाअभियोग प्रस्तावमाथि आइतबारबाट संसदमा छलफल शुरु हुने



काठमाडौं । महाअभियोग दर्ता गरेर लामो समय बेवारिसे अवस्थामा राखिएको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवरा विरुद्धको महाअभियोग प्रस्तावले आइतबारबाट संघीय संसदमा प्रवेश पाउने भएको छ । प्रतिनिधिसभा बैठकमा आइतबारदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको हो । आइतबार बस्ने प्रतिनिधिसभा बैठकबारे संघीय संसद सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा राणामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ ।

मिति २०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने । संसद सचिवालयले प्रकाशन गरेको कार्यसूचीको बुँदा नम्बर ४ मा उल्लेख छ ।

गत २०७८ फागुन १९ गते संसदमा प्रधानन्यायाधीश राणामाथिको महाभियोग दर्ता भएपनि प्रस्तावमाथि संसदमा छलफल हुन नसक्दा सर्वाेच्च अदालत कार्यबाहक प्रधानन्यायाधीशबाट संचालन हुँदै र्आको छ । महाअभियोग दर्ता भएकै दिनबाट जबरा निलम्बनमा रहेका छन् ।

भोलिको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन बुझाउने लगायतका कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  २ : ५४ बजे

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट