१७ माघ २०८२, शनिबार | January 31, 2026

पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ४० पिसिआर परिक्षणका क्रममा ४ सय ५१ जना र १ हजार ७ सय ४९ एन्टिजेन परीक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४ सय ३३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ४ सय ९७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ५९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

तीमध्ये होम आइसोलेसनमा ५ हजार ५०७ र संस्थागत आइसोलेसनमा १५२ रहेका छन् । ४५ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ३ : ५६ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले