२० बैशाख २०८३, आइतबार | May 4, 2026

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल



काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुदै छ ।

एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज बिहान साढे १० बजे केन्द्रीय कमिटी बैठक बस्दै छ । आजको बैठकमा नौ वटा समूह बनाएर प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

समूहगत छलफलपछि केन्द्रीय सदस्यले उठाएका प्रश्नको अध्यक्ष ओलीले आजै जवाफ दिने कार्यक्रम रहेको छ । राजनीतिक प्रतिवेदन पारित भएसँगै केन्द्रीय कमिटी बैठक सम्पन्न हुनेछ ।

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार शुरु भएको थियो । पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

यससँगै केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनको तयारी तथा रणनीतिका विषयमा पनि आवश्यक निर्णय गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ७ : २९ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता