२२ माघ २०८२, बिहिबार | February 5, 2026

फैसला गर्दा जबरा पैसामा बिक्ने गरेको शम्भु थापाको आरोप



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फैसला गर्दा पैसामा बिक्ने गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले कानुन व्यवसायीहरूसँग गरेको छलफलमा बोल्दै थापाले रञ्जन कोइरालाको मुद्दाको विषयमा जबराले गरेको फैसला पैसाको चलखेल भएको उदाहरण रहेको बताए ।

आफ्नी श्रीमतीलाई मारेर, काटेर, बोरामा हालेर प्रमाण नभेटिनेगरी जलाउने अपराधीको विवेकबाट कैद घट्छ रु पैसा बाहेक केले हुनसक्छ त्यस्तो फैसला रु भन्दै थापाले प्रश्न गरे ।

थापाले जबरा महाअभियोगबाट बच्नका लागि नेकपा ९एमाले०को चाकडीमा लागेको आरोपसमेत लगाए । उनले जबराले विवादीत बयान दिएर कुनै एक दलको मन जित्न चाहेको आरोप लगाएका हुन् । ‘कुनै एक राजनीतिक दलको विश्वास जितियो भने महाभियोग लाग्दैन कि भन्ने दाउँमा छन् । तर त्यसो हुन दिनु हुँदैन । उहाँले धेरै विवादीत फैसला गर्नुभएको छ,’ थापा भन्छन् ।

‘सुरेन्द्रप्रताप सिंहको दुईवटा जन्ममिति छ भनेर मुद्दा हालेर फिर्ता लिएपछि चोलेन्द्र न्यायाधीश नियुक्त भएका हुन् । उनीविरूद्ध भ्रष्टाचार लागेको व्यक्तिले दाबी गरेको बाहेक पनि सम्पत्ति छ भनेर छोडेपछि न्यायिक टिप्पणीसहित न्याय परिषद्मा सिफारिस भएको हो । त्यहाँ पनि उनी भ्रष्टाचार र चलखेलबाटै न्यायाधीश भएका हुन्,’ थापाले भने ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ९ : २९ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका