४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

यौन दुर्व्यवहारको आरोपमा डब्ल्यूएचओका शीर्ष अधिकारी निलम्बित



न्युयोर्क । गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ,।

इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसका लागि काम गर्ने २६ वर्षीया जुनियर डाक्टर रोजी जेम्सले बर्लिनमा भएको विश्व स्वास्थ्य शिखर सम्मेलनमा दुव्र्यवहार भएको गत महिना बताएकी थिइन्। अक्टोबर १६ देखि १८ सम्म भएको उक्त कार्यक्रम डब्लुएचओले संयुक्त रुपमा आयोजना गरेको हो । जेम्सले उक्त समयमा घटना रिपोर्ट गर्ने योजना बनाएको बताइन्।

कथित अपराधी बिदामा छ र अनुसन्धान चलिरहेको छु, डब्ल्यूएचओका प्रवक्ताले जेम्सको बयानको बारेमा रोयटर्सलाई भने । आरोपितको नाम गोप्य राखिएको छ ।

बर्लिन कार्यक्रमको अर्को आयोजक डब्लूएचएस फाउन्डेशन जीएमबीएचले आरोपहरूको तत्काल छानबिन गर्न माग गरेको छ । यसैबीच डब्लूएओले सो घटनामा अनुसन्धान गरिरहेको जनाएको छ । ‘डब्ल्यूएचओले यस मुद्दामा अनुसन्धानको नेतृत्व गरिरहेको छु’, डब्ल्यूएचएस फाउन्डेसनका प्रबन्ध निर्देशक डा जोर्ग हेल्डम्यानले विज्ञप्तिमा भने।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : ३६ बजे

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली

विपक्षी दलको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको आजको बैठक पनि अवरुद्ध गरेको