५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कोरोना संक्रमणको मामिलामा चीनको उहानलाई जित्यो भारतको मुम्बईले



काठमाडौं । छिमेकी भारतमा कोरोना भाइरसका संक्रमित दिन दिनै बढिरहेका छन् । एकै दिनमा १० हजार भन्दा बढी कोरोना संक्रमितहरु थपिँदै गएका छन् ।

भारतको राजधानी दिल्लीमा आगामी जुलाईसम्म ५ लाख कोरोना संक्रमित हुने र त्यसका लागि करिब ८० हजार हस्पिटल बेड चाहिने घोषणा दिल्ली सरकारले गरेको छ ।

कोरोना महामारीबाट भारमा सबैभन्दा नराम्रोसँग प्रभावित भएको शहर भने मुम्बई बनेको छ । मुम्बईमा कोरोना संक्रमित चीनको उहानमा भन्दा बढी भैसकेका छन् ।

भारतको आर्थिक राजधानी मुम्बईमा कोरोना संक्रमणको मामिला बढेर ५१ हजार नाघेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनको उहान शहरमा भाइरको चरम अवस्था रहँदा भन्दा पनि मुम्बईको मामिला बढी हो ।

भारतमा संक्रमणको कुल संख्या २ लाख ७६ हजार बढी रहेको छ । मुम्बई शहर रहेको महाराष्ट्र राज्य सबैभन्दा धेरै कोरोना संक्रमित हुने राज्य बनेको छ, जहाँ ९१ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । मुम्बईमै रहेको संसारकै ठूलो सुकुम्बासी बस्तीमा कोरोना संक्रमण आगोको भुस सरह फैलिएको छ । अत्यन्त अव्यवस्थित सो बस्तीमा १० लाखबढी मानिस बढी मानिस बसोबास गर्छन् ।

आर्थिक राजधानी मुम्बई सँगै राजनीतिक राजधानी दिल्लीमा पनि संक्रमण निकै तिब्र गतिमा बढिरहेको छ ।

भारतमा लगभग तीन महिनादेखि लकडाउन जारी छ । भाइरसको प्रसार रोक्न गरिएको लकडाउन मध्यम र उच्च वर्गले पालना गरे पनि आम मजदुर किसान वर्गका लागि भने अभिषाप बनेको छ । लकडाउन भएकै दिनदेखि पचासौं हजार मजदुरहरुले रोजीरोटी गुमेपछि हजारौं किलोमिटर दूरी पैदल पार गर्दै आफ्नो घर फर्किएको हृदयविदारक दृश्य विश्वभरको हट न्यूज बनेको थियो ।

भारतमा कोरोना संक्रमित बढ्दै जाँदा त्यसको प्रभाव नेपालमा पनि परेको छ । नेपालमा अहिलेसम्म संक्रमित मध्ये ८५ प्रतिशत बढी संक्रमित भारतबाटै आएको प्रधानमन्त्री केपी शर्मा ओलीे बताउनुभएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ७ : ३२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं