२० मंसिर २०८२, शनिबार | December 6, 2025

उच्च रक्तचाप भएकी सुत्केरी महिलाको उद्धार



बुटवल । ढोरपाटन नगरपालिकाकी एक सुत्केरी महिलाईलाई शत्रुमर्दन गुल्मले उद्धार गरी अस्पतालमा लगेको छ ।

लकडाउनको समयमा सवारी साधन नपाइएपछि ढोटरपाटन नगरपालिका वडा नं. ९ पाखाथर बाग्लुङकी २० बर्षिय सिता वि.कलाई उद्धार गरी गुल्मले अस्पतालमा लगेको हो ।

वि.क. सुत्केरी भई अत्याधिक रक्तश्राव भएको र उच्च रक्तचाप समेत देखिएकाले बाग्लुङ बुर्तिवाङ स्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा पुराइएको गुल्मका सहायक गुल्मपती सह सेनानी नरेश अर्यालले जानकारी दिनुभयो ।

लकडाउनमा सवारी साधनको प्रयाप्तता नहुदा गुल्मले मानवियतालाई ध्यान दिदै सहयोग गरेको उहाले बताउनुभयो । गुल्मले यस अघि पनि विभिन्न व्यक्तिहरुलाई उपचारका लागि आवश्यक पर्दा लैजाने काम गर्दै आएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ४ : १४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय