२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भारतबाट फर्किएका नेपालीको असुरक्षित यात्रा



नेपालगन्ज । कोरोना महामारीका कारण भारतबाट घर फर्कन नेपाल भित्रिएकाहरु असुरक्षित यात्रा गर्न बाध्य छन् । भारतबाट दुःख कष्ट झेलेर जसोतसो नेपाल भित्रिएका उनीहरु सीमानाकाबाट गाउँसम्म पुग्ने सवारी साधन व्यवस्थित नहुँदा एउटै गाडीमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ ।

भारतबाट नेपालगञ्जस्थित जमुनाह नाका हुँदै फर्किने यात्रुलाई गाउँसम्म पु-याउन सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाइने भए पनि यात्रा असुरक्षित हुने गरेको छ । कतिपय स्थानीय तहले भारतबाट फर्किने यात्रु ओसार्न फोहर सङ्कलन गर्नै टिपरको समेत प्रयोग गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले बताए ।

दुई हप्ताअघिमात्रै भारतका विभिन्न शहरबाट नेपालगञ्जको जमुनाह नाका हुँदै नेपाल भित्रिएका १२ जनाले अकालमै ज्यान गुमाएका छन् । २० जनाको सिट क्षमता रहेको मिनीबसमा ३३ जना सवार हुँदा घर जान हिँडेका २१ जना दुर्घटनामा घाइते भई भेरी अस्पतालमा भर्ना भएका छन् ।

ट्राफिक प्रहरी निरीक्षक बमका अनुसार क्षमताभन्दा बढी यात्रु सवार उक्त मिनीबसका चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाएको पाइएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भारतबाट आउने नागरिकलाई ओसार्न टिपर पठाउने गरेकाले त्यसमा रोक लगाएको जनाए । बसमा क्षमताअनुसारको यात्रु बसालेर सुरक्षित तवरले नागरिकलाई घर पु¥याउन आग्रह गर्दा पनि चालकको लापर्वाहीले दुर्घटना हुने गरेको बताए ।

भारतले रेल र बस सेवा सञ्चालनमा ल्याएपछि दैनिक दुई हजार ५०० देखि तीन हजारसम्म नेपाली नेपालगञ्ज नाका हुँदै नेपाल फर्किने गरेकोे इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए । रिजालका अनुसार भारतले रेल सेवा सञ्चालन गरेपछि भारतका विभिन्न ठाउँबाट सीमाक्षेत्रमा अलपत्र परेका प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसमेत गरेर करिब ५० हजार नेपाली नागरिक जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका छन् ।

अहिले प्रत्येक दिन दुईदेखि तीक हजारसम्म नेपाली नागरिक नेपालगञ्जस्थित जमुनाह नाकामा जम्मा हुने गरेको उनको भनाइ छ । नेपाल–भारत सीमानाका पूर्णरुपमा बन्द रहे पनि भारतबाट घर फर्किएर अलपत्र परेका नेपाली नागरिकलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर घर पठाइने गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।

उनका अनुसार, नेपालगञ्ज नाकाबाट भित्रिने नेपाली अधिकांश कोरोना सङ्क्रमण बढी भएको भारतको महाराष्ट्र र दिल्लीबाट आउने गरेका छन् । बाँकेमा कोरोना पुष्टि भएका अधिकांश भारतको महाराष्ट्रबाट आएका नेपाली छन् । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ७ : ३३ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार