२२ भदौ २०८३, सोमबार | September 7, 2026

पाँच थान भरुवा बन्दुकसहित ६ जनालाई पक्राउ



गलकोट । जिल्ला प्रहरी कार्यालय बागलुङले पाँच थान भरुवा बन्दुकसहित ६ जनालाई पक्राउ गरेको छ ।

अवैध हातहरियार लुकाइराखेको सूचनाका आधारमा खानतलासी गर्दा प्रहरीले ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ वर्षीय चित्रराज कँडेल, ३६ वर्षीय थमबहादुर घर्ती, ३७ वर्षीय होमबहादुर रोका र २९ वर्षीय खिमानन्द कँडेलको साथबाट चार थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी ४२ वर्षीय टङ्कबहादुर रोकाको साथबाट सोही ठाउँका बमबहादुर घर्तीको एक थान भरुवा बन्दुक फेला परेकाले उनीहरु दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो ।

प्रहरीले स्थानीयको रोहवरमा उनीहरुको घर खानतलासी गरेको थियो । पक्राउ परेका ६ जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ८ : ५४ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा