११ चैत्र २०८२, बुधबार | March 25, 2026

अर्घाखाँचीमा एमालेको क्लीन स्वीप



बुटवल । अर्घाखाँचीमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले क्लिव स्वीप गरेको छ । एक प्रतिनिधि सभा र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन सिटमै एमाले विजयी भएको हो ।

प्रतिनिधि सभा सदस्यमा एमाले सचिव टोपबहादुर रायमाझी र प्रदेश सभा सदस्यमा चेतनारायण आचार्य र रामजी घिमिरे विजयी भएका हुन् ।

नेता रायमाझीले पूर्व उपसभामुख तथा कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाललाई पराजित गरेका हुन् । रायमाझीले ४८ हजार १७२ मत ल्याउँदा भुसालले ४६ हजार ४४२ मत ल्याएकी छन् । रायमाझीले १७ सय ३० मतान्तरले जित हात पारेका छन् ।

रायमाझी ०६४ सालदेखि लगातार यहाँबाट जित्दै आएका छन् । प्रदेशसभा १ मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र २ मा रामजी घिमिरे विजयी भएका छन् । आचार्यले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७ सय ४० मतान्तरले पराजित गरेका हुन् । आचार्यले २० हजार ५ सय १८ मत ल्याउँदा केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गरेका थिए ।

यसैगरी प्रदेश सभा २ मा रामजी प्रसाद घिमिरे २२ हजार ७ सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कमल प्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गरेका थिए । घिमिरेले भुसाललाई ८ सय १ को मतान्तरले जितेका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ६ : ५२ बजे

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर

बेनी-जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक

सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी