१० चैत्र २०८२, मंगलबार | March 25, 2026

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित भएका छन । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म पाँच मन्त्री पराजित भएका छन भने तीन मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा क्षेत्र नं १ बाट १२ हजार चार सय ३२ मतान्तरसहित विजयी भएका छन । उनले २५ हजार पाँच सय ३४ मत प्राप्त गरेका छन । निकटम् प्रतिद्वन्द्वी स्वन्तन्त्र उम्मेदवार सागर ढकालले १२ हजार ४२ मत प्राप्त गरे ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम निर्वाचन क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मतसहित विजयी भए । उनले एमालेका झपट बोहोरालाई चार हजार चार सय ८९ मतान्तरले पराजित गरे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू २८ हजार पाँच सय १५ मतसहित दार्चुला क्षेत्र नं १ बाट विजयी भएका छन । उनका निकटम् प्रतिद्वन्द्वी एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार तीन सय ८१ मत प्राप्त गरे ।

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम क्षेत्र नं १ बाट निर्वाचित भएका छन । उनले ३९ हजार पाँच सय ४९ मत प्राप्त गरे । सहरी विकास मन्त्री मेटमणि चौधरी दाङ निर्वाचन क्षेत्र नं १ बाट पाँच हजार ८३ मतान्तरसहित विजयी भएका छन । उनले एमालेका शान्ता चौधरीलाई पराजित गरे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बागलुङ २ बाट २४ हजार सात सय ७९ मतसहित विजयी भएका छन ।

गत आइतबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मतगणना केही स्थानमा अझै जारी छ । परराष्ट्र मन्त्री डा नारायण खड्काले उदयपुर क्षेत्र नं १ मा १४ हजार दुई सय ४१ मतसहित अग्रता कायम गरिराखेका छन । हालसम्म गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले पछाडि छन ।

रुपन्देही ३ बाट उम्मेदवार बनेका गृहमन्त्री खाणले ३१ हजार ६ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपक बोहोराले ३२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन । यस्तै सुनसरी ४ बाट उम्मेदवार बनेका सञ्चारमन्त्री कार्की एक सय एक मतसहित पछाडि छन । मन्त्री कार्कीले १९ हजार सात सय नौ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियतले १९ हजार आठ सय १० मत प्राप्त गरेका छन ।

यसपटकको निर्वाचनमा पाँच मन्त्रीले पराजय बेहोर्नु परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, युवा तथा खेलकूद मन्त्री महेश्वरराज गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचनमा पराजित भएका छन ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ४९ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण