२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पाल्पामा समानुपातिकमा एमालेको अग्रता



पाल्पा । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले समानुपातिकमा पहिलो स्थान ओगटेको छ । कांग्रेसले ३७ हजार नौ सय ७९ मत ल्याएर दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार आठ सय १३, नेकपा (माओवादी केन्द्र)ले पाँच हजार सात सय ९१, मङ्गोल नेशनल अर्गनाइजेशनले तीन हजार एक सय ९८, नेकपा (एकीकृत समाजवादी)ले एक हजार छ सय ९९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार पाँच सय ४२, राष्ट्रिय जनमोर्चाले छ सय ३२, राष्ट्रिय जनमुक्ति पार्टीले पाँच सय ४०, जनमत पार्टीले एक सय ३० मत प्राप्त गरेको छ ।

प्रदेशसभातर्फ पनि ५५ हजार तीन सय छ मत ल्याएर एमाले नै समानुपातिकमा पहिलो बनेको छ । कांग्रेसले ३९ हजार आठ सय ६८ मत पाएको छ । माओवादी केन्द्रले आठ हजार दुई सय १६, मङ्गोल नेशनल अर्गनाइजेशनको तीन हजार नौ सय पाँच, एकीकृत समाजवादीले तीन हजार सात सय ४०, राप्रपाले तीन हजार १५, राष्ट्रिय जनमोर्चाले एक हजार ३३, राष्ट्रिय जनमुक्ति पार्टीले सात सय ४८, हाम्रो नेपाली पार्टीको चार सय ९४, जनमत पार्टीले दुई सय ४९, जनता समाजवादी पार्टीले दुई सय ४२, नेपाल आमा पार्टीले एक सय ७७, नेकपा माक्र्सवादी लेलिनवादीले एक सय ४८, जनसमाजवादी पार्टीले एक सय छ मत प्राप्त गरेको छ ।

जिल्लामा दुई लाख एक हजार तीन सय २६ मतदाता रहेकामा प्रतिनिधिसभातर्फ एक लाख २१ हजार पाँच सय ९७ मत खसेको थियो भने तीन हजार पाँच सय ४५ मत बदर भएको छ । प्रदेशतर्फ एक लाख २२ हजार चार सय ४२ मत खसेको थियो । यसअन्तर्गत चार हजार ९४ मत बदर भई जिल्लामा कुल आठ हजार दुई सय ३९ मत बदर हुन पुगेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : २२ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ