१ भदौ २०८३, सोमबार | August 17, 2026

बारामा तेलहन खेती बढ्यो



कलैया । यस वर्ष बारामा तेलहन खेतीका क्षेत्रफल वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ३० हेक्टर क्षेत्रफल अर्थात् किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेका छन् । गत वर्ष १० हजार दुई सय ७० हेक्टरमा खेती गरिएको थियो ।

केन्द्रका प्रमुख जितेन्द्र यादवले तेलहन बालीको उपादकत्वमा विगतका केही वर्षदेखि प्रतिहेक्टर एक मेट्रिक टन उत्पादन हुने गरेको बताए । उनका अनुसार विसं २०७२/७३ मा भने प्रतिहेक्टर एक दशमलव १० मेट्रिक टन उत्पादकत्व रहेको थियो । विसं २०७३ देखि २०७७ सम्ममा कृषकले ११ हजारदेखि १२ हजार हेक्टर क्षेत्रफलमा खेती गरिँदै आए पनि उत्पादकत्वमा भने उलेख्य सुधार नभई वृद्धिमा कमी हुँदै आएको थियो ।

गुणस्तरीय बीउको उत्पादन नहुनु, कृषकले आफ्नै घरमा रहेको बीउको प्रयोग गर्नु, समयमा मलखाद चाहिने जति प्रयोग नगर्नुजस्ता कारणले पनि उत्पादकत्वमा कमी आएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ०९ बजे

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत

सभापति रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ

संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान

आजपनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।