१६ माघ २०८२, शुक्रबार | January 30, 2026

रवि लामिछानेको नागरिकतामा प्रहरीद्वारा छानबिन तीब्र



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीब्र पारेको छ ।

लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि  जिल्ला प्रहरी परिसर काठमाडौंले लगेको छ । आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले प्रहरीबाट माग भएपछि लामिछानेले उम्मेदवारी  र पार्टी दर्ता गर्दा पेस गरेको नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको बताए ।

लामिछानेको नागरिकतामा अनुसन्धान गर्न आयोगले गृह र परराष्ट्र मन्त्रालयलाई सिफारिस गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयले लामिछानेको नागरिकतामा छानविन अघि बढाउन आदेश दिएको थियो ।

लामिछानेले विदेशी नागरिकता लिएर नेपाली नागरिकता नत्यागेको, विदेशी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको, पुरानै नागरिकताका आधारमा उम्मेदवारी दिएको, विदेशी पासपोर्ट नत्यागी नेपाली पासपोर्ट लिएको उजुरीका आधारमा छानविन भइरहेको छ ।

छानबिनका क्रममा लामिछानेको नागरिकता र राहदानी अवैध ठहरिए पार्टीको वैधता के हुन्छ भन्ने प्रश्न उठेको छ । तर, दलसम्बन्धी ऐनमा पार्टी सभापतिको योग्यतामाथि प्रश्न उठे वा योग्यता नपुगे केन्द्रीय समितिले अर्को व्यक्तिलाई सभापति चुन्न सक्ने व्यवस्था छ । यसो हुँदा दल खारेज हुँदैन । केन्द्रीय समितिबाट अर्को व्यक्ति सभापति बन्न सक्ने निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्ले बताउँछन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १२ : २० बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता