१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

विद्यार्थीको प्रतिभा तथा क्षमता प्रस्तुतीका लागि ‘नमस्ते क्रियटिभ फेस्ट’



बुटवल । रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीले विद्यार्थीका अन्तरनिहित क्षमता प्रस्तुतीका लागि ‘नमस्ते क्रियटिभ फेस्ट’को आयोजना गरेको छ । ‘विद्यालय नै विद्यार्थीको पहिलो घर’ भन्ने अवधारणसहित स्थापना भएको उक्त शैक्षिक संस्थाले विद्यालयमा कार्यरत ब्रिटिस शिक्षक मार्टिन स्कार्यकको संयोजनमा विद्यार्थीमा अन्तरनिहित क्षमता र व्यवसायिकतालाई बढावा दिने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको जनाएको छ ।

बालबालिकाहरुको शैक्षिक कृयाकलाप, उनिहरुले सीप तथा क्षमतासँगै उत्पादनहरु अभिभावकले प्रत्येक्ष रुपमा हेर्न पाउने गरी कार्यक्रमको आयोजना गरिएको स्कुलका प्रिन्सिपल जिग्मे शेर्पाले जानकारी दिए । अभिभावकहरुलाई लक्षित गर्दै रुपन्देहीमा शैक्षिक विकासमा योगदान दिदै आएको नमस्ते एकेडेमीले विद्यालयले शैक्षिक क्षेत्रमा प्रदान गर्ने सम्पूर्ण कृयाकलापहरु बारे हभिभावकहरुलाई जानकारी गराउँदै आएको छ । प्रि प्राइमेरी देखि १२ कक्षासम्मका ४ सय बढी विद्यार्थीहरुले आईटी सम्बन्धि गेमिङहरुका साथै आफूले तयार पारेका खानाका परिकार, साँस्कृतिक प्रस्तुती लगायतका प्रतिभाहरु प्रस्तुत गर्ने छन् ।

कार्यक्रम बारे जानकारी दिन आइतबार आयोजित कार्यक्रममा बोल्दै सञ्चालक राजेन्द्र कुंवरले शिक्षाले हरेक विद्यार्थीको सिर्जनात्मक अभिव्यक्तिलाई प्रस्फुटन गराउँदै २१ औं शताब्दिको परिवेश अनुसार विद्यालयले आफ्नो छुट्टै सिकाइको पाठ्यक्रम तयार पारेको जानकारी दिए । बेलायतको विद्यालयमा पढाइने इनोभेसन तथा व्यावसायिक विषयलाई केन्द्रमा राखी स्थानीय परिवेशसँग एकीकृत गरी कक्षा सञ्चालन गरिएको उनले बताए ।

‘विद्यालयमा अध्ययनरत हरेक विद्यार्थी सक्षम हुनु पर्दछ भन्ने मान्यतालाई अंगीकार गरी आफ्नो सिकाइको पाठ्यक्रम तयार पारेका छौं ।’-सञ्चालक कुंवरले भने, ‘दिगो विकासको अवधारणलाई आत्मसात गर्दै यस कार्यक्रममा प्रयोग हुने अत्यधिक सामग्रीहरु प्रयोग र पुन प्रयोगको अवधारणामा तयार पारिएका छन् । हरेक विद्यार्थीमा फरक किसिमको सृजनात्मकता नवीनता र नेतृत्व क्षमता रहेका हुन्छन्, त्यसलाई बाहिर ल्याउने काम हामीले गरेका छौं ।’

सामेबार हुने कार्यक्रममा लुम्बिनी प्रदेशका ऊर्जा, वन तथा सिंचाइ मन्त्री बीरबहादुर रानाको अवलोकन गर्ने कार्यक्रम रहेको उनले बताए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : ३३ बजे

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै