७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

मध्यपहाडी लोकमार्ग शहरमा झारेको भन्दै पोखरा महानगरविरुद्ध प्रदर्शन



पोखरा । लामो समय अन्योलमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको भैंसे–याम्दी खण्डको रुट टुंगिएको छ । आयोजनाले यसअघिको प्रस्तावित भैंसेबाट कसेरी हुँदै मनिपालबाट याम्दी जोड्ने रुटलाई संशोधन गरेर मौजा, अर्मला हुँदै याम्दीमा जोडेको हो । उक्त रुटको टेण्डर आह्वान समेत भैसकेको छ । साढे ३५ किलोमिटर उक्त खण्डमा करिव ४ अर्व खर्च हुने प्रश्ताव छ ।

तर, पोखरा १६ का बासिन्दाले रुट गलत मनसायबाट टुंग्याइएको भन्दै विरोध जनाएका छन् । स्थानीयको मर्मविपरित आयोजना अगाडि बढाएको भन्दै उनीहरुले पोखरा महानगरमा धर्ना दिएका छन् । स्थानीयलाई जानकारी नगराई पुनः रुट संशोधन गरेको भन्दै मध्येपहाडी लोकमार्ग सहरमा नझार्न उनीहरुको माग छ ।

माग पूरा गर्न स्थानीयले संघर्ष समिति नै बनाएका छ । माग सुनावाई नहुँदासम्म महानगरको कार्यालय अगाडी धर्ना दिने समितिका सचिव सन्दीप थापाले बताए । ‘राष्ट्रिय गौरवको आयोजना बन्दा स्थानीयलाई थाहा हुनुपर्छ कि पर्दैन रु सुटुक्क रेखांकन गरेर टेण्डर निकालिएको छ,’ उनले भने, ‘आयोजनाले जग्गाधनी, पर्यटकीय ठाउँ र स्कुललाई समेत वास्ता गरेको छैन । यसका विरुद्ध हामी निरन्तर संघर्ष गर्छौं ।’

आयोजनाबाट ब्यक्तिहरुको उठिबास लाग्ने र सुकुम्बासी बन्ने उनीहरुको गुनासो छ । लमजुङको सीमानादेखि भैंसेसम्म र याम्दीदेखि पर्वतको सीमाना नयाँपुलसम्म काम करिव अन्तिम चरणमा छ । भैंसेदेखि याम्दी खण्डमा भने रुट छनोटमा ढिलाई हुँदा काम अघि बढ्न नसकेको हो । सुरुमा भैंसेबाट लेखनाथ निकाल्ने प्रश्ताव थियो । त्यसपछि पनि विभिन्न ५ वटा रुटमा छलफल भयो । अन्ततः भैंसेबाट ज्याम्दु हुँदै आँटीघर निकालेर अर्मलाकोटबाट महेन्द्रगुफा र त्यहाँबाट याम्दी जोड्ने गरी मंसिर १४ गते टेण्डर प्रकाशन गरिएको हो ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १० : ३७ बजे

मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा अवस्थित २२०र१३२/३३ केभी सबस्टेसनमा

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा – तीन दिनको पदमार्ग चार घण्टामा

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा स् तीन दिनको

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

कञ्चनपुर । कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको

चितवनमा मह उत्पादनमा कमी

चितवन । जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी,