७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलमा ‘रोयल ग्रुप’ नाम बनाई व्यवसायीबाट असुली गर्ने दुई जना हातहतियार र विष्फोटक पदार्थसहित पक्राउ



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले हातहतियार र विष्फोटक पदार्थसहित दुईजनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका-११ देवीनगरबाट विभिन्न हात हतियार र विष्फोटक पदार्थसहित इलाका प्रहरी कार्यालय बुटवलले सोमबार साँझ दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरूमा गुल्मी मालिका गाउँपालिका-४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका-२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेको जानकारी दिएको छ ।

उनीहरु ‘रोयल ग्रुप’ नामक समूह बनाई विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिई असुली गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा नविनको साथबाट १ थान रिभल्वर फेला परेपछि दुवै जनालाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सैनामैना नगरपालिका-१ पर्रोहास्थित नविनको कोठामा तलासी गर्दा ९ एमएमको गोली १४ राउण्ड, ७.२ एमएमको गोली ४ राउण्ड ३५ राउण्ड र ०.४ को गोली १७ राउण्ड गरि कुल ३५ राउण्ड गोली पक्राउ गरेको छ । तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

नवीन चन्द्र रेग्मी विगतमा जनमुक्ति सेना रहेको र स्वयच्छिक अवकास लिएर बसेको अनुसन्धानको क्रममा बुझिएको प्रहरीले जनाएको छ । रुपन्देहीका उद्योगी व्यवसायीहरुको लिष्ट नै तयार पारी १० हजारदेखि लाखौ रकमसम्म असुलीका लागि धम्की दिने गरेको उजुरीपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए । २ हप्ता अगाडि उजुरी आएपछि अनुसन्धानमा लागेको उनले बताए ।

उनीहरुलाई हातहतियार तथा विष्फोटक पदार्थ कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ३ : ३८ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी