२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

कोरोना नियन्त्रणमा सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री गुरुङ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि सामुहिक प्रयासको आवश्यकता भएकोमा जोड दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच रोटरी क्लव अफ पोखराद्धारा उपलव्ध गराएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री गुरुङले महामारी विरुद्ध आम सर्वसाधारण पनि सचेत हुनुपर्नेमा जोड दिए ।

विश्वव्यापी रुपमानै कोरोनाले पारेको असर न्यूनिकरण गर्न प्रत्येक व्यक्ति एवम् समुदाय आपनोतर्फबाट लाग्नु पर्नेमा जोड दिंदै गुरुङले महामारी विरुद्धको लडाईंमा सामुहिक सचेतता आवश्यक भएको बताए ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङलाई रोटरी क्लव अफ पोखराका अध्यक्ष गोपाल ध्वजुले रोटरी इन्टरनेशनलमार्फत उपलव्ध गराइएका १० हजार थान माक्स, दुई हजार पाँच सय थान फेससिल, १० हजार ब्रुसर लगायतका बिभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

त्यसअवसरमा रोटरी क्लव अफ डिष्ट्रिक ३२९२ नेपाल भुटानका गभर्नर किरणलाल श्रेष्ठले कोभिड–१९ रोकथामका लागि क्लवले नेपालमा हालसम्म १७ करोड बराबरको स्वास्थ्य सामाग्री र राहत उपलव्ध गराई सकेको जानकारी दिए ।

रोटरी क्लव अफ इन्टरनेशनले असारको दोश्रो हप्ता भित्र गण्डकी प्रदेशका लागि दुई थान पिसिआर परिक्षण मेरिन उपलव्ध गराउने तयारी भई रहेको उनले बताए ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ४ : १६ बजे

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक

चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज

बढ्न थाल्यो तापक्रम

काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल